१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चिनियाँ रक्षामन्त्री जनरल वेइ फेङ्गे एकदिने भ्रमणका लागि नेपाल आउने


0
Shares

काठमाडौं । चिनियाँ रक्षामन्त्री एवं पहिलो बरियताका स्टेट काउन्सिलर जनरल वेइ फेङ्गे औपचारिक नेपालको एक दिने औपचारिक भ्रमणमा भोली नेपाल आउनुहुने भएको छ ।

परराष्ट्र मन्त्रालयले आज प्रेस विज्ञप्ती जारी गरेर उहाँको भ्रमणका बारेमा औपचारिक जानकारी दिएको हो ।

परराष्ट्र मन्त्रालय र रक्षामन्त्रालयले चिनियाँ रक्षामन्त्रीको भ्रमणको तयारी तीब्र पारेका छन् ।

पछिल्लो पटक भारतबाट उच्च सुरक्षा अधिकारीहरुको भ्रमण भएलगत्तै चीनबाट पनि रक्षामन्त्री नेपाल आउन लाग्नुभएको हो ।

कोरोनाको विश्वव्यापी महामारीपछि नेपाल आउन लाग्नुभएका जनरल वेइ सबैभन्दा वरिष्ठतम चिनियाँ अधिकारी हुनुहुन्छ ।

उहाँ नेपाल भएर बंगलादेश र पाकिस्तानको भ्रमणमा जाने कार्यक्रम रहेको बताइएको छ । उहाँले आएकै दिन प्रधानमन्त्री एवं रक्षामन्त्री केपी शर्मा ओली, राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गर्ने बताइएको छ ।

रक्षामन्त्री वेई नेपाल र चीनबीच कुटनीतिक सम्बन्ध स्थापनाको ६५ औं वर्षगाँठ मनाउने सिलसिलामा नेपाल भ्रमण गर्न लाग्नुभएको हो ।

सन् १९५५ अगस्ट १ मा नेपाल र चीनबीच कुटनीतिक सम्बन्ध स्थापना भएको थियो । उपप्रधानमन्त्री एवं निवर्तमान रक्षामन्त्री ईश्वर पोखरेलले २०७५ कात्तिकमा चीनको औपचारिक भ्रमणका क्रममा रक्षामन्त्री वेइसँग द्धिपक्षीय वार्ता गर्नुभएको थियो ।

पछिल्लो पटक तत्कालीन रक्षामन्त्री बालकृष्ण खाँणको निमन्त्रणामा चिनियाँ रक्षामन्त्री एवं स्टेट काउन्सिलर जनरल चाङ वाङ्क्वानले २०७३ चैत १० देखि १२ गतेसम्म नेपालको औपचारिक भ्रमण गर्नुभएको थियो ।