
बैतडी । बैतडीको डिलाशैनी गाउँपालिक स्थित सिमार प्रहरीचौकीमा कार्यरत सबैजना प्रहरीमा कोरोना पुष्टि भएको छ ।
प्रहरी चौकीमा एकै पटक १० जनामा कोरोना पुष्टि भएको हो ।
डडेल्धुरा अस्पातलको प्रयोगशालामा गरिएको परीक्षणमा प्रहरीचौकीमा कार्यरत सबै प्रहरीमा कोरोना पुष्टि भएको हो ।
प्रहरी चौकीमा कार्यरत सबै प्रहरीमा कोरोना देखिएपछि चौकीलाई नै आइसोलेसनको रुपमा प्रयोग गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्