
पर्वत, मंसिर १३ । पर्वतको कुस्मा र बागलुङको बलेवा जोड्ने ‘सार्क मुलुकहरुमध्येकै अग्लो’ नमुना मोटरेबल पुल बन्ने भएको छ ।
कुस्मा नगरपालिका–४, पाक्लेको डिलदेखि बागलुङ नगरपालिका–१३, नेपाने जोड्न कालीगण्डकी नदीमाथि पुल बन्न लागेको हो ।
पुल निर्माणका लागि यसअघि नै प्रारम्भिक सर्वेक्षण गरिसकिएको छ ।
अर्थ मन्त्रालयले बजेट स्वीकृति दिएपछि विस्तृत सर्वेक्षणको काम अघि बढेको हो ।
पुल निर्माणको योजनाका लागि अर्थ मन्त्रालयलेसमेत स्वीकृति दिएपछि सडक विभागको पुल महाशाखाले विस्तृत सर्वेक्षण सुरु गर्न लागेको हो ।
कालीगण्डकीमाथि २०६ मिटरको उचाइ र ५१० मिटर लामो पुल बन्ने भएको हो ।
पुल निर्माणमा अघिल्लो आर्थिक वर्षमै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पूर्वाधार विकास महाशाखाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई प्रक्रिया अघि बढाउन निर्देशन दिएको थियो ।
पुल निर्माण भएपछि पर्वत र बागलुङबीच सिधा सम्पर्क हुनेछ भने बुटवल, भैरहवा, लुम्बिनी हुँदै पोखरा र स्याङ्जासम्मको दूरी कम हुनेछ ।
प्रतिक्रिया दिनुहोस्