
इलाम, मंसिर १३ । इलामका किसानलाई धान थन्क्याउने चटारो भएको छ ।
मंसिर दोस्रो सातासम्म पनि इलामका किसान धान थन्क्याउनमा व्यस्त रहेका छन् ।
गत वर्षको तुलनामा उब्जनीमा केही वृद्धि आएको किसानहरुको भनाइ छ ।
इलामको माथिल्लो क्षेत्रमा धान थन्क्याउने काम सकिएपनि बेसीमा भने धान थन्क्याउने चटारो बढ्दै गएको छ ।
जिल्लामा हर्दिनाथ १, राधा १२, मनसुली, मकवानपुर १, चिराँखे, भँगेरे, बेलगुठी जातका धान खेती गरिन्छ ।
नयाँ जातका धान पाक्न भने निकै समय लाग्ने भएकाले पनि मंसिर अन्तिमसम्म पनि किसान धान थन्क्याउन व्यस्त हुन्छन् ।
जिल्लाका चुरे क्षेत्रहरु चुलाचुली, दानाबारी, महमाई, बाँझोलगायतका क्षेत्रमा धानको उत्पादन बढी हुने गरेको छ ।
जिल्लामा १५ हजार ९१५ हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्