१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सिन्धुपाल्चोकका जोखिमयुक्त बस्तीहरुको थालियो भौगर्भिक अध्ययन


0
Shares

सिन्धुपाल्चोक, मंसिर १३ । सिन्धुपाल्चोकका जोखिमयुक्त बस्तीहरुको भौगर्भिक अध्ययन शनिबार (आज)देखि सुरु गरिएको छ ।

सुरुमा जुगल गाउँपलिकाको लिदी, नाम्फा, सञ्चगाउँ, बोल्दे र लिदीका विस्थापितहरुले बसोबास गरिरहेका बाँसखर्कको अध्ययन हुने जिल्ला आयोजना कार्यान्वयन इकाई सिन्धुपाल्चोकका प्रमुख इन्जिनियर सन्तोष निरौलाले जानकारी दिनुभयो ।

गएको साउन ३० गते ३९ जनाको ज्यान जानेगरी पहिरो गएको जुगल गाउँपालिकाको लिदीको प्रारम्भिक अध्ययन पनि थालिएको छ ।

त्यसैगरी, अस्थायी स्थानान्तरण गरिएको जुगल गाउँपालिकाकै बाँसखर्कलगायतका स्थानहरुकोसमेत विस्तृत अध्ययन गर्न विशेषज्ञसहितको टोली खटाइएको छ ।