१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बर्दिया-कैलाली जोड्ने सत्तीघाट पुलको निरीक्षण


0
Shares

कैलाली, मंसिर १३ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङले हुलाकी राजमार्गमा पर्ने बर्दिया र कैलाली जोड्ने सत्तीघाट पुलको निरीक्षण गर्नुभएको छ ।

सत्तीघाट पुल नदी कटानको चपेटामा रहेको भन्दै मन्त्री नेम्वाङले पुलको बाँकी काम यथाशीघ्र सम्पन्न गर्न निर्देशन दिनुभयो ।

निरीक्षणका क्रममा मन्त्री नेम्वाङसँगै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलगायत सुदूरपश्चिम प्रदेशसभाका सदस्यहरु सहभागी हुनुहुन्थ्यो ।