
चितवन । चितवनको पर्यटकीय गन्तव्य सौराहा यतिखेर पर्यटकको पर्खाइमा छ ।
कोरोना महामारीका कारण भएको लकडाउनले थला परेको यहांको पर्यटन व्यवसायलाई उकास्न सौराहा सुरक्षित रहेको सन्देश प्रवाह गर्दै ‘घुमौँ सौराहा’ अभियान चलाइने भएको छ ।
यहि सिजन हो, पर्यटकको घुँइचो लाग्ने सौराहाका यी ठाउँहरु यतिवेला सुनसान देखिन्छन् ।
आन्तरिक पर्यटकको फाट्टफुट्ट आवागमन वाहेक सौराहाका पर्यटन व्यवसायीले बिगत बर्ष झै बाह्य पर्यटक र पाहुँनाहरुलाई खासै स्वागत गर्न पाएका छैनन् ।
अन्तराष्ट्रिय उडान हुन नसक्दा नेपाल घुम्न आउने ब्यग्र प्रतिक्षामा बसेका बाह्य पर्यटक पनि रोकीएका छन् ।
जसले गर्दा पनि नेपालको पर्यटन व्यवसायले गति लिन सकेको छैन् । सौराहा देशकै तेस्रो पर्यटकीय गन्तव्य हो ।
अन्तराष्ट्रिय हवाई उडान हुन नसक्दा यस्कै यस्तो हालत छ भने अन्य पर्यटकीय स्थलहरुको हालत कस्तो होला ? अनुमान गर्न गाह्रो छैन् ।
यतिबेला व्यबसायीहरुलाई पर्यटकको स्वागत देखि निकुञ्ज घुमाउन भ्याइनभ्याइ हुन्थ्यो ।
रेष्टुरेन्ट व्यसायीहरुले नयाँ नयाँ प्याकेज घोषणा गर्दथे भने अन्य पर्यटकीय गतिविधिको चहलपहल मननोहक लाग्थे । तर, ती सवै अहिले सम्भनामा मात्रै ?
लकडाउनको अन्त्यसंगै असोज १ गतेदेखि यहाँका होटलहरु खुले ।
होटलसँगै पर्यटकीय गतिविधिहरु पनि संचालनमा आए तर दसैँ र तिहारमा केही मात्रामा देखिएका आन्तरिक पर्यटक वाहेक सौराहाका होटलहरु खाली खाली छन् ।
कोभिड १९ र त्यसपछिको लकडाउनले धेरैको रोजगार गुम्यो । व्यापार व्यवसाय ठप्प भए ।
त्यसैले नेपालीहरुको क्रयशक्तिमा कमी आयो की भनेर पर्यटन व्यवसायीहरुले पनि साविकको दररेटमा २० देखि ३० प्रतिशत छुटहरु दिइरहेका छन् ।
बाह्य पर्यटक आउने त बाटो बन्द छ नै, आन्तरिक पर्यटकसमेत आकर्षित नभएको उनीहरुको गुनासो छ । होटलहरु भन्दा रेष्टुरेन्टमा पर्यटक केही धेरै छन् ।
रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल सौराहाका अध्यक्ष दिपेन्द्र खतिवडाले अन्तर जिल्लाका पर्यटकहरुको आवागमन रहेको बताउनुभयो ।
तर जुन अपेक्षा गरेर १५ प्रतिशत सम्म छुट दिइएको छ त्यो अनुरुप पर्यटक नआएको उहाँको गुनासो छ ।
सौराहाकै अर्का पर्यटन व्यबसायी गुणराज थपलियाकोे भने विदेशी पर्यटक नआउदा सम्म पर्यटन क्षेत्र माथि उठ्न नसक्ने निर्क्योल छ ।
अहिले होटल खोलेर मात्रै राख्नुबाहेक दैनिक चल्ने आम्दानी समेत नभएको उहाँको भनाई छ ।
सरकारले चाँडै अन्तरािष्ट्रय हवाई उडान खोली दिए पर्यटन व्यवसायले गति लिने उहाँको तर्क छ ।
त्यसो त सामुहिक छुट प्याकेज सहित घुमौँ सौराहा अभियान चलाउने अन्तिम तयारीमा पर्यटन व्यवसायिहरु जुटी रहेका छन् ।
त्यसकै लागि तयारी गरी रहेका यहाँका व्यवसायिहरु कोभिड १९ को संक्रमण कम हुदै गए सौराहा पुरानै लयमा फर्कनेमा ढुक्क देखिन्छन् ।
प्रतिक्रिया दिनुहोस्