
पाँचथर । छथर गाउँपालिका स्थित छथर अस्पतालले भिडियो एक्सरे सेवा सुरु गरेको छ ।
गर्भवतीलाई मात्र भिडियो एक्सरे गर्दै आएको अस्पतालले अरु बिरामीलाई पनि सेवा दिन थालेको हो । यस अघि सामान्य एक्सरे गर्न धरान धनकुटा पुग्नुपर्ने बाध्यता थियो ।
यसै आर्थिक वर्ष भित्र डिजिटल एक्सरे मसिन खरिद गर्ने योजना रहेको गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्