
काठमाडौं । चिनियाँ रक्षामन्त्री एवं पहिलो बरियताका स्टेट काउन्सिलर जनरल वेइ फेङ्गे काठमाडौं आइपुग्नुभएको छ ।
आइतबार विहान उनी त्रिभुवन विमानस्थलमा उत्रिनुभएको छ । नेपाल र चीनबिच कुटनीतिक सम्बन्ध स्थापना भएको ६५औं वर्षगाठको अबसर पारेर रक्षामन्त्री वेइ नेपालको एक दिने औपचारिक भ्रमणमा आउन आउनुभएको हो ।
केही घण्टाका लागि काठमाडौं आउनुभएको उहाँले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने आजै काठमाडौंबाट फिर्ता हुने कार्य तालिका छ ।
विमानस्थलबाट उहाँ सोझै बालुटारस्थित चिनियाँ दूतावास पुगेर आराम गर्ने र प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेट्ने कार्यक्रम छ । त्यसपछि विभिन्न राजनीतिक दलका नेताहरुसँग भेट्ने कार्यक्रम छ ।
चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणको एक वर्ष पछि चीनबाट अर्को उच्चस्तरिय भ्रमण हुन लागेको हो । कोरोनाको विश्वव्यापी महामारीपछि नेपाल आउनुभएका जनरल वेइ सबैभन्दा वरिष्ठ चिनियाँ अधिकारी हुनुहुन्छ ।
उहाँ नेपाल भएर बंगलादेश र पाकिस्तानको भ्रमणमा जाने कार्यक्रम रहेको बताइएको छ । उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री एवं रक्षामन्त्री केपी शर्मा ओलीलाई भेट्ने कार्यक्रम छ ।
प्रतिक्रिया दिनुहोस्