
कञ्चनपुर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले समयमै काम पुरा नगर्ने आयोजनाहरुलाई कारावाही प्रक्रिया थालेको छ ।
आयोजना सम्पन्न गर्नुपर्ने मिति नाघेको वर्षौ बितिसक्दा समेत काम पुरा नभएका आयोजनाहरुलाई स्पष्टीकरण मागेको हो ।
प्रशासन कार्यालयले स्थानीय तह बाहेक अन्य कार्यालयबाट संचालित १५ वटा आयोजनासँग स्पष्टीकरण मागेको छ ।
अधिकांश आयोजनाहरुले कोभिड-१९ तथा अन्य प्राविधिक कारणले आयोजना सम्पन्न गर्न ढिलाई भएको जवाफ दिएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले बताउनुभयो ।
उहांले जवाफ चित्त बुझ्दो नभएपछि प्राविधिक कारण खुलाउन आयोजनाहरुलाई पुनः पत्राचार गरिएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्