
फाइल तस्वीर ।
काठमाडौं । सुुनको मूल्य ओरालो लाग्ने क्रम आज पनि जारी रह्यो ।
अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै आज स्थानीय बजारमा सुनको मूल्य तोलामा ६ सयले कमी आएर ९० हजार ७ सयमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार पनि २ सयले ओरालो लागेर ९१ हजार ३ सयमा कारोबार भएको थियो । चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेर ११ सय ५० मा कारोबार भैरहेको महासंघले जनाएको छ ।
अमेरिकी राष्ट्रपतीय निर्वाचनको परिणाम र कोभिडको खोपमा भैरहेको विकास लगायतका कारणले पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ ओरालो लाग्दै आएको विश्लेषण गरिंदै आएको छ ।
यतिखेर अन्तर्राष्ट्रिय बजारमा सुन प्रति औंन्स १७ सय ८८ डलर हाराहारीमा कारोबार भैरहेको छ ।
प्रतिक्रिया दिनुहोस्