२७ चैत्र २०८१, बुधबार | Wed Apr 9 2025


स्पेनिस लिगमा डेपोर्टिभोसँग रियाल मड्रिड पराजित


0
Shares

काठमाडौं । स्पेनिस लिग फुटबलमा साविक विजेता रियाल मड्रिडलाई डेपोर्टीभो आलाभेजले हराएको छ ।

गएराति आफ्नै मैदानमा भएको खेलमा रियाल मड्रिड २–१ ले पराजित भयो । खेलको पाँचौ मिनेटमा लुकास परेजले पेनाल्टीमार्फत गोल गर्दै आलाभेजलाई अग्रता दिए ।

४९ औं मिनेटमा जोसेलुले गोल गर्दा आलाभेजको अग्रता दोब्बर पारे । खेलको ८६ औं मिनेटमा कासेमिरोले एक गोल फर्काए पनि रियाल मड्रिडलाई हारबाट जोगाउन सकेनन् ।

यो खेलमा रियालका बेल्जीयन खेलाडी एडिन हाजार्ड घाइते भएका छन् । स्पेनिस लिगकै अर्को खेलमा एथ्लेटिको मड्रिडले भ्यालेन्सीयालाई १–० ले हराउँदा सेभियाले हुएस्कामाथि १–० कै जित निकालेको छ ।

गएरातिका खेलहरुपछि ला लिगाको अंक तालिकामा १० खेलबाट २३ अंक जोडेको रियाल सोसिडाड शिर्ष स्थानमा छ ।

एक खेल कम खेलेको एथ्लेटिको समान २३ अंकसहित दोस्रो स्थानमा रहँदा तेस्रो स्थानको भियारियालको १९ अंक छ ।

१७ अंकसहित रियाल मड्रिड चौथो स्थानमा रहँदा यो सिजन खराब प्रदर्शन गरिरहेको बार्सिलोना ८ खेलबाट ११ अंक जोड्दै १४ औं स्थानमा रहेको छ । एजेन्सी