
काठमाडौं । स्पेनिस लिग फुटबलमा वार्सिलोनाले ओसासुनालाई ४–० ले हराएको छ ।
घरेलु मैदानमा बार्सिलोनालाई विजयी गराउन मार्टिन ब्रेथवेट, एन्टोनियो ग्रिजमन, फिलिप कौटिन्हो र लियोनल मेस्सीले एक एक गोल गरे ।
जितसँगै वार्सिलोना लिग तालिकाको सातौं स्थानमा उक्लिएको छ । वार्सिलोनाको ९ खेलबाट १४ अंक छ । ११ खेलबाट २४ अंक जोडेको रियाल सोसिडाड शिर्ष स्थानमा छ ।
सोसिडाडले गएराति भएको खेलमा भियारियालसँग १–१ गोलको बराबरी खेल्यो ।
ला लिगाकै अन्य खेलहरुमा सेल्टा भिगोले ग्रानाडालाई ३–१ ले हराउँदा गेटाफेले एथ्लेटिक बिल्बाओसँग १–१ गोलको बराबरी खेलेको छ । एजेन्सी
प्रतिक्रिया दिनुहोस्