२८ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025


प्रिमियर लिगः चेल्सी र टोटनह्यामले खेले बराबरी, म्यान्चेस्टर युनाईटेड विजयी


0
Shares

काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा शिर्ष स्थानको टोटनह्याम हट्सपर र तेस्रो स्थानको चेल्सीले गोलरहित बराबरी खेलेका छन् ।

गएराति चेल्सीको मैदानमा भएको लण्डन डर्बी बराबरीमा सकिएपछि चेल्सीले शिर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ ।

१० खेलबाट २१ अंक जोडेको टोटनह्याम शिर्ष स्थानमा रहँदा १९ अंक जोडेको चेल्सी तेस्रो स्थानमा छ ।

प्रिमियर लिगकै अर्को खेलमा म्यान्चेस्टर युनाईटेडले साउथह्यनाम्पटनलाई ३–२ ले हराउँदा आर्सनललाई वुल्भरह्याम्पटन वान्डरर्सले २–१ ले पराजित गरेको छ ।

प्रिमियर लिग फुटबलमा आज लेष्टर सिटी र फुल्हम भिड्दैछन् ।

आजको खेल जितेको खण्डमा लेष्टर सिटीले तालिकाको शिर्ष स्थानमा रहेको टोटनह्याम तथा दोस्रो स्थानको लिभरपुलसँग अंक बराबरी गर्नेछ । एजेन्सी