२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


गल्याङ नगर अस्पतालमा जेष्ठ नागरिकको स्वास्थ्य बिमा कार्यक्रम सुरु


0
Shares

स्याङ्जा । गल्याङ नगर अस्पतालमा जेष्ठ नागरिकको स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको छ ।

आफ्नै नगरपालिकामा स्वास्थ्य बिमा सुरु गरेपछि स्थानीय जेष्ठ नागरिक उत्साहित भएका छन् । यस अघि बिमा गराउन जिल्ला बाहिर जानुपर्ने बाध्यता सकिएको छ ।

यसैबीच अस्पतालले ५० जना जेष्ठ नागरिकको निःशुल्क स्वास्थय परीक्षण पनि गरीएको छ ।