
अछाम । अछाम सदरमुकाम मङ्गलसेनबाट कैलालीतर्फ जाँदै गरेको ना ४ ख ९९७२ नम्बरको बस आज बिहान चौरपाटी गाउँपालिका मार्कुमा दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने १७ यात्रु घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय अछामले दिएको जानकारीअनुसार उक्त दुर्घटनामा परी मृत्यु हुनेमा साँफेबगर नगरपालिका–३ का १९ वर्षीया नीरज कुँवर रहेका छन् ।
बस दुर्घटनामा परी घाइते भएका १७ जनालाई उपचारका लागि जिल्ला अस्पताल अछाम लगिएको जिल्ला ट्राफिक कार्यालयका ट्राफिक प्रहरी देवेन्द्र खड्काले बताउनुभयो ।
घाइते हुनेमा चौरपाटी गाउँपालिका वडा नम्बर ५ का ६५ वर्षिया पार्वति भण्डारी, चौरपाटी गाउँपालिका वडा नम्बर ५ का ४० वर्षका प्रमानन्द भण्डारी, चौरपाटी गाउँपालिका वडा नम्बर ५ लुङ्ग्राका २३ वर्षिया मन्देवि भण्डारी, मेल्लेख गाउँपालिका वडा नम्बर ७ नन्देगडाका ३१ बर्षिया यज्ञश्वरी उपाध्याय छन् ।
त्यस्तै मेल्लेख गाउँपालिका वडा नम्बर ७ नन्देगडाका ९ वर्षका डण्ड प्रसाद उपाध्याय, भिमदत्त नगरपालिका १८ का २५ वर्षिया सोनिया चन्द, बान्निगढि जयगढ गाउँपालिका वडा नम्बर ५ कालिकाका २४ बर्षका नरेश रावल, साँफेबगर नगरपालिका वडा नम्बर ३ का १७ बर्षका सन्तोष भण्डारी, साँफेबगर नगरपालिका वडा नं ६ भाग्यश्वरका ६० बर्षका कृष्ण राज पण्डित, उनकी श्रिमति ५१ बर्षिय बसुन्धुरा पण्डित, भाग्यश्वरकै २७ बर्षका अजय रावल, साँफेबगर नगरपालिका वडा नम्बर १३ बाब्लाका ३० बर्षका कृति सिह कुँवर, साँफेबगर नगरपालिका वडा नम्बर १० घुघुरकोटका २३ बर्षिया लक्ष्मि बोगटी, साँफेबगर नगरपालिका वडा नम्बर ४ का ४१ बर्षका टंक भण्डारी रहेका छन् ।
घाइतेको टाउको, ढाड तथा हात खुट्टामा बढी चोट लागेको बताइएको छ । बस सडकबाट ५० मिटर तल खसेको थियो ।
प्रतिक्रिया दिनुहोस्