१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


ह्वाइट हाउसको संचार टोलीमा सबै महिला हुने बाइडेनको घोषणा


0
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपतिमा नवनिर्वाचित जो बाइडेनले ह्वाइट हाउसको संचार टोलीका सदस्यहरु सबै जना महिला हुने घोषणा गर्नु भएको छ ।

पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाको प्रशासनमा विदेश मन्त्रालयको प्रवक्ता रहनु भएकी जेन साकीलाई ह्वाइट हाउसको प्रेस सचिव नियुक्त गरिएको छ ।

बाइडेनले आफूले ह्वाइट हाउसको संचार टोलीका सबै सदस्यमा महिलाहरुलाई नियुक्त गर्न पाएकामा आफूलाई निकै खुशी र गर्व लागेको बताउनु भएको छ ।

उहाँहरु सबै योग्य, अनुभवी संचार विज्ञ रहनु भएको बताउँदै उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसले डेमोक्रेटिक पार्टीको प्रतिबद्धतालाई कामबाटै प्रतिबिम्बित गर्न चाहेको बताउनु भएको छ । बाइडेनको संचार टोलीको नेतृत्व भने केट बेडिङफिल्डले गर्नु हुनेछ ।

उहाँले ह्वाइट हाउसको संचार निर्देशकको रुपमा भूमिका निर्वाह गर्नु हुनेछ । बेडिङफिल्डले बाइडेन–ह्यारिस चुनाव प्रचार अभियानको उप प्रचार व्यवस्थापकका रुपमा सेवा गर्नु भएको छ । एजेन्सी