१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


अवैध काठसहित मिनिबस नियन्त्रणमा


0
Shares

रौतहट, मंसिर १५ । जिल्ला वन कार्यालय रौतहटले अवैध सालको काठ तस्करी गर्दै गरेको अवस्थामा एउटा मिनिबस नियन्त्रणमा लिएको छ ।

सिन्धुली र मकवानपुरबाट काठको तस्करी गरेर गन्तव्यतर्फ लैजाँदै गरेको अवस्थामा बस नियन्त्रणमा लिइएको हो ।

६० क्युफिट सालको फेन्टा लोड अवस्थामा फेलापरेपनि बसका चालक र तस्करहरु फरार भएको जिल्ला वन कार्यालय रौतहटले जनाएको छ ।

नेपाल सरकारले सालको काठ संकलन, उत्पादन र बिक्री–वितरणमा रोक लगाएपछि तस्करी बढेको बताइएको छ ।