१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कांग्रेसमा सभापतिबाहेकका पदमा उम्मेदवार बन्न आकांक्षीहरुको लर्को


0
Shares

काठमाडौं, मंसिर १५ । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापतिबाहेकका अन्य पदमा उम्मेदवार बन्नेको लर्को बढ्दो छ ।

उपसभापति, महामन्त्री तथा सहमहामन्त्री पदमा विभिन्न समूहका दर्जन बढी नेताहरुले नेतृत्वका दाबी गरिरहेका छन् ।

सभापतिबाहेक अन्य तीन पदका लागि कांग्रेसको आसन्न १४औं महाधिवेशन भिड्न्त रोचक बन्ने आँकलन हुन थालेको छ ।

कांग्रेसभित्र रुपान्तरण र पुस्तानान्तरणको बहस तीव्र भइरहँदा दोस्रो पुस्ताका मात्र होइन, पञ्चायतकमा जिल्लादेखि पार्टीको मुख्यसचिव भइसकेका नेताहरु सभापतिबाहेक अन्य तीन पदमा भिड्ने तयारीमा छन् ।

पार्टी विधानअनुसार कोषाध्यक्षबाहेक चार पदमा १३ पदाधिकारीका लागि चुनाव हुनेछ । जसमा उपसभापति र महामन्त्री दुई/दुईजना तथा आठजना सहमहामन्त्री रहेका छन् ।

निर्वाचनमा आफूनिकट व्यक्तिहरुलाई कुन पदमा व्यवस्थापन गर्नेे भन्ने तनाव सभापति शेरबहादुर देउवालाई मात्र होइन, वरिष्ठ नेता रामचन्द्र पौडेल र युवा नेतृत्वको साथ पाएका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई पनि छ ।

प्रभावशाली नेताहरुलाई मिलाउन नसके निर्वाचन हारिने र गुट कमजोर हुने जानकारी सभापतिका आकांक्षीहरुलाई पनि छ ।

दोस्रो पुस्ताको हातमा नेतृत्व पुग्ने/नपुग्ने फैसला कांग्रेसको १४औं महाधिवेशनले गर्नेछ । पार्टीलाई समावेशी र समानुपातिक बनाउन पनि उत्तिकै दबाब छ ।

मुख्य पदहरुमा एकतिहाइ महिला प्रतिनिधित्वको माग पनि उठेको छ ।

नेतृत्व हत्याउन चाहेकाहरुले भने अनुभव र वरिष्ठताको विषयलाई भुल्न नहुने तर्क गरिरहेका छन् ।

सभापतिहरुको लर्को हेर्दा अन्य आकांक्षीहरुलाई बोकेर नयाँ गुट बन्ने सम्भावना पनि बढेको छ ।

पार्टी युवा र आमजनताबाट टाढा हुँदै जाँदा ‘भिजन’ र ‘मिसन’ भएका नेताहरु अबको कांग्रेसलाई आवश्यक छ । जुन कुरा पुस्तानान्तरणबाटमात्र सम्भव छ ।

आसन्न महाधिवेशनले वैचारिक, क्षमतावान् र दूरदृष्टि भएका ऊर्जावान् नेताहरुलाई अघि नबढाउने हो भने कांग्रेसको शक्ति झनै खुम्चने देखिन्छ ।

भिडियो हेर्नुहोस्