१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रदेश–२ मा सेनाले थाल्यो एकीकरण मार्गको खोजी


0
Shares

बारा, मंसिर १५ । नेपाली सेनाले प्रदेश नम्बर–२ मा आधुनिक नेपालको एकीकरणका क्रममा योद्धाहरुले प्रयोग गरेको बाटो, युद्धस्थल, गढीलगायतका एकीकरण मार्गको खोजी थालेको छ ।

बाराको कलैयास्थित चन्दननाथ गणमा तीन जिल्लाका सरोकारपक्षहरुसँग नेपाली सेनाले प्रदेश–२ को एकीकरण मार्गकाबारेमा सोमबार छलफल गरेको छ ।

छलफलमा सरोकारवाला पक्षहरुले आफ्ना जिल्लाका युद्धस्थल, गढी, मार्ग र ऐतिहासिक वस्तुहरु भग्नावशेष बन्दै गएको भन्दै खोजी गरी संरक्षण गर्ने बताएका हुन् ।

एकीकरणको दौरानमा प्रयोग गरिएका बाटो तथा लडाईं लडेका गढी र किल्लाहरु सबैलाई समेटी व्यवस्थित ढंगबाट सम्वर्द्धन र जर्गेना गर्ने नेपाली सेनाले जनाएको छ ।

किल्ला तथा गढीहरुमा हालका सेनालाई तत्कालीन सेनाले प्रयोग गर्ने पोसाक र हतियारमा सुसज्जित गराएर तत्कालीन युद्ध झल्कने ‘डेमो’ देखाउनेसमेत नेपाली सेनाले जनाएको छ ।