२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


झापामा हत्या आरोपमा तीनजना पक्राउ


0
Shares

झापा, मंसिर १५ । झापाको मेचीनगर नगरपालिकाका पूर्णबहादुर प्रधानको हत्या गरेको आरोपमा तीनजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा मेचीनगरका दिवस लुंगेली, ‘प्रेम’ भनिने बेमा दोर्जी तामाङ र विशाल तामाङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रधानलाई कुटपिट गरी हत्या गरीएको थियो ।

पक्राउ परेका उनीहरुलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको छ ।