१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


काठमाडौंमा राजसंस्था समर्थकको प्रदर्शन


13
Shares

काठमाडौं, मंसिर १५ । राजसंस्थाको पुनर्वहालीको माग गर्दै काठमाडौंमा पनि प्रदर्शन भएको छ ।

राजसंस्था र सनातन धार्मिक अधिराज्यको माग गर्दै राजसंस्था समर्थकहरुले सोमबार काठमाडौंमा प्रदर्शन गरेका हुन् ।

राष्ट्रिय शक्ति नेपाल उपत्यका आन्दोलन परिचालन समितिको अगुवाइमा बाजागाजा, राष्ट्रिय झन्डा र पृथ्वीनारायण शाहको तस्वीरअंकित प्लेकार्डसहित माइतीघर मण्डलाबाट सुरु भएको र्‍याली नयाँबानेश्वरसम्म पुगेको थियो ।

प्रदर्शनमा सहभागीहरुले राजतन्त्रको पक्ष र गणतन्त्रको विपक्षमा नारा लगाएका थिए ।

सहभागीहरुले संघीय गणतन्त्रात्मक व्यवस्थाले राष्ट्रिय अर्थतन्त्र र राष्ट्रिय अखण्डता कमजोर बनाएको भन्दै संवैधानिक राजसंस्था र सनातन धार्मिक अधिराज्यको माग गरेका थिए ।

पछिल्ला दिनहरुमा देशका विभिन्न स्थानमा राजसंस्थाको पक्षमा प्रदर्शन हुँदै आएका छन् ।

यसअघि, नेपालगन्ज, बुटवल, धनगढी, मकवानपुर र पोखरालगायतका स्थानमा पनि राजसंस्था पुनर्वहालीको माग गर्दै प्रदर्शन भएका थिए ।

प्रदर्शनलाई ध्यानमा राखेर ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।