१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमणलाई भारतसँग नजोड्न आग्रह


0
Shares

काठमाडौं, मंसिर १५ । प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमणलाई भारतसँग नजोड्न आग्रह गर्नुभएको छ ।

नेपाल एक स्वतन्त्र मुलुक भएकाले छिमेकीहरुसँगको सम्बन्ध पनि स्वतन्त्र नै हुने भन्दै उहाँले चिनियाँ रक्षामन्त्री वेइ फेङ्हेको नेपाल भ्रमणलाई भारतसँग नजोड्न आग्रह गर्नुभएको हो ।

सोमबार काठमाडौंमा भएको साक्षात्कारमा डा. भट्टराईले छिमेकीहरुसँग नेपालको सम्पन्ध जहिलेपनि स्वतन्त्र हुने उल्लेख गर्दै त्यसलाई तेस्रो मुलुकसँग जोड्ने गल्ती गर्न नहुने बताउनुभयो ।

डा. भट्टराईले नेपाली सेनालाई वार्षिकरुपमा चीनले दिँदै आएको सहयोगको निरन्तरताबाहेक अन्य कुनै गतिविधि नभएको बताउनुभयो ।

पूर्वरक्षामन्त्रीसमेत रहनुभएका नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधानले चीन र भारत दुवै देशलाई सँगै लिएर नेपालले आफ्नो हितका लागि काम गर्नुपर्ने बताउनुभयो ।

नेपाल कुनैपनि देशतिर नढल्केर कुनैपनि देशको अहित हुने काम नगरेर आफ्नो उन्नति गर्नतिर लाग्नुपर्ने उहाँले बताउनुभयो ।

चीन र भारत दुवै देशलाई आफ्नो विश्वासमा लिएर काम गर्नुपर्ने उहाँको भनाइ थियो ।

नागरिक अगुवा सुन्दरमणि दीक्षितले नेपालका राजनीतिक दल र नेताहरुलाई आफ्नो व्यक्तिगत स्वार्थभन्दा देशको हितका लागि सोचेर अगाडि बढ्न आग्रह गर्नुभयो ।

दुई ठूला विकसित देशहरुको बीचमा रहेको नेपालले दुवै देशसँग सुमधुर सम्बन्ध बनाएर अगाडि बढ्न सकेमात्रै प्रगति गर्न सकिने भएकाले व्यक्तिगत स्वार्थमा केन्द्रित नहुन उहाँले आग्रह गर्नुभयो ।