
काठमाडौं । इराकमा अमेरिकी सेनाको कारवाहीमा ६ जना इस्लामिक स्टेट (आईएस) का लडाकू मारिएका छन् ।
इराकको आतंकवाद विरोधी सेवा (सीटीएस)को कमाण्डो फोर्सको कारवाहीमा उत्तरी इराकको निन्वेहमा कारवाहीका क्रममा विद्रोही मारिएको समाचारमा जनाइएको छ ।
अमेरिकी सेनाले विद्रोही लडाकूको पकड रहेको उत्तरी क्षेत्रमा आक्रमण गरेको बताइएको छ ।
आक्रमणका क्रममा विद्रोहीहरुका महत्वपूर्ण दस्तावेज र हतियारसमेत सेनाले बरामद गरेको छ ।
राजधानी बगदादको उत्तरमा रहेको हिमाली र ग्रामिण क्षेत्रहरुमा आफ्ना गतिविधि सञ्चालन गरीरहेका विद्रोहीमाथि कारवाहीका लागि विगतमा पनि सेनाले हवाइ तथा स्थलगत गस्ती गर्दै आएको थियो ।
सन् २०१७ मा इराकको आन्तरिक सुरक्षा बलले आतंकवादीवरुद्धको कारवाहीलाई तीव्र पारेसँगै सुरक्षा व्यवस्थामा सुधार आएको दावी गरिरएको थियो ।
तर पुनः ग्रामिण क्षेत्रहरुमा विद्रोहीका गतिविधि सुरु भएको भन्दै अमेरिकी सेनाले हवाइ तथा स्थलगत गस्तीलाई पुन तीव्र पार्ने जनाएको छ ।
विद्रोहीले सर्वसाधारण, सुरक्षाकर्मी तथा सरकारी अधिकारीहरुलाई निशाना बनाउँदै आतंकवादी गतिविधि बढाएको भन्दै सरकारले विद्रोहीविरुद्धको कारवाही पुनः सञ्चालन गर्ने बताउँदै आएको छ । एजेन्सी
प्रतिक्रिया दिनुहोस्