१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


इरानका वैज्ञानिक फाख्रीजादेहकोे अत्याधुनिक हतियार प्रयोग गरेर हत्या गरेको आरोप


0
Shares

काठमाडौं । इरानले आफ्ना आणविक वैज्ञानिकको अत्याधुनिक हतियार प्रयोग गरेर हत्या भएको आरोप लगाएको छ ।

इजरायलले विद्युतीय उपकरणको प्रयोग गरेर आफ्ना वैज्ञानिक मोहसेन फाख्रीजादेहको हत्या गरेको इरानका वरिष्ठ सुरक्षा अधिकारीहरुको आरोप छ ।

इरानको राष्ट्रिय सुरक्षा परिषदका सचिव अलि शामखानीले लामो समयको योजनाअनुसार विद्युतीय उपकरणको माध्यमबाट हत्या गरिएको दावी गर्नुभएको छ ।

फाख्रीजादेहको अन्त्येष्टि समारोहमा सहभागी शामखानीले इजरायलले २० वर्षदेखि आफ्ना वैज्ञानिकलाई मार्न चाहेको आरोपसमेत लगाउनुभएको छ ।

गत शुक्रबार इरानको राजधानी तेहरान नजिकै विस्फोट र गोली हानाहानपछि शीर्ष परमाणु र सैन्य वैज्ञानिक फाखरीजाहेदको हत्या भएको थियो ।

घटनालगत्तै आत्मघाती बम विस्फोटबाट उनको हत्या भएको बताइएपनि त्यसमा सत्यता नभएको इरानको दावी छ ।

इरानले घटनास्थलमा फेला परेका हतियारहरु इजरायलमा निर्माण भएकोसमेत बताएको छ । एजेन्सी