
अछाम । उच्च रक्तस्रावले अछामको तुर्माखाद गाउँपालिका–४ की ३८ वर्षीया नामसरा विकको जिल्ला अस्पताल अछाममा मृत्यु भएको छ ।
जिल्ला अस्पताल अछामका डा अतुल भारद्वाजका अनुसार सुत्केरी व्यथा लागेकी निज महिलालाई अत्यधिक रक्तस्राव भएका कारण मृत्यु भएको हो ।
विकले समयमै उपचार नपाएका कारण मृत्यु भएको चिकित्सकले बताएका छन् ।
सोमबार मध्याह्न १२ बजेपछि सुत्केरी व्यथा लागेकी निजको अत्यधिक रक्तस्राव भएपछि उपचारका लागि जिल्ला अस्पतालमा ल्याइए पनि रक्तस्राव नरोकिएका कारण उहाँको गए राति ज्यान गएको जिल्ला अस्पताल अछामले जनाएको छ ।
उहाँको गर्भमा रहेको बच्चाको पनि पेटमै मुत्यु भएको अस्पतालले जनाएको छ । मृत शिशु जन्मेको तीन घण्टापछि निज सुत्केरीको रक्तस्राव नरोकिँदा मृत्यु भएको बताइएको छ । रासस
प्रतिक्रिया दिनुहोस्