१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


कोरोना संक्रमणका कारण रुपन्देही र कपिलवस्तुका थप दुईको मृत्यु


0
Shares

काठमाडौं । कोरोना संक्रमणका कारण रुपन्देही र कपिलवस्तुका थप दुई जनाको मृत्यु भएको छ ।

बुटवल–७ की ५३ वर्षीया महिला र कपिलवस्तुको चन्द्रौटाकी ५० वर्षीया महिलाको कोरोना विशेष अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।

मंंसिर १३ गते कोरोना संक्रमण पुष्टि भएकी कपिलवस्तुकी महिला हिजो अस्पताल भर्ना भएकी थिइन् ।

उनको उपचारको क्रममा मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिनुभयो । कोरोना संक्रमण पुष्टी भएपछि दुई दिनसम्म उनी होम आइसोलेसनमै बसेकी थिइन् ।

यस्तै मंसिर ११ गते कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएकी बुटवलकी महिला मंसिर १३ गते अस्पताल भर्ना भएकीमा हिजो दिउँसो मृत्यु भएको अस्पतालले जनाएको छ ।

उनी मधुमेहको दीर्घ रोगी थिइन् । प्रदेश स्वास्थ्य निर्देशनालय बुटवलका अनुसार कोरोना संक्रमितको मृत्यु हुने संख्या रुपन्देहीमा १२१, कपिलवस्तुमा २१ र लुम्बिनी प्रदेशमा २९२ पुगेको छ ।