२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


डडेल्धुराको पोखरा–बेलापुर सडकमा अवैध रुपमा रूखहरू कटान


0
Shares

डडेल्धुरा । सडक निर्माणका क्रममा डडेल्धुराको नवदूर्गा गाउँपालिका स्थित पोखरा–बेलापुर सडकमा अवैध रुपमा रूखहरू कटान भएका छन् ।

वन मन्त्रालयको स्वीकृति विना सुदूरपश्चिम प्रदेश गौरवको आयोजना अन्र्तगत सडक खण्डमा सल्लाको रुखहरु काटिएको हो ।

पोखरा बेलापुर हुँदै बैतडीको ढुङगाड र बझाङको देउरासम्म निर्माण हुन लागेको सडक खण्डमा करिब ३५ सय घनफिट काठ काटिएको पाइएको डिभिजन वन कार्यालय डडेल्धुराले जनाएको छ ।

वन फडानी र काठ तस्करीमा स्थानीय उपभोक्ता, ठेकेदार सम्बन्धित गाउँपालिकाका जनप्रतिनिधि लगायतको मिलेमतो रहेको स्थानीयको आरोप छ ।