१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु


0
Shares

काठमाडौं, मंसिर १६ । सत्तारुढ दल नेकपाको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।

बैठकमा यसअघि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले पेस गरेका दुई प्रस्तावमाथि छलफल हुँदैछ ।

यसअघिको बैठकमा ओलीले पेस गरेको प्रतिवेदनको दाहालले जवाफ दिने बताइएको छ ।

गएको कात्तिक २८ गतेको सचिवालय बैठकमा अध्यक्ष दाहालले छुट्टै प्रस्ताव बैठकमा पेस गरेसँगै नेकपामा तरंग पैदा भएको थियो ।

दाहालको प्रस्तावमा प्रधानमन्त्री एवं अर्का अध्यक्ष ओलीले एकलौटी ढंगबाट सरकार र पार्टी चलाउन खोजेको र विगतमा आफूसँग भएका सहमतिविपरीत अघि बढेकोलगायतका आरोप लगााउनुभएको थियो ।

त्यसपछि प्रधानमन्त्री ओलीले यही मंसिर १३ गतेको बैठकमा दाहालको प्रश्नको जवाफसहित अर्को प्रस्ताव पेस गर्नुभएको थियो ।

ओलीको प्रस्तावमा गत निर्वाचनको मत परिणाम र जनअपेक्षा र पार्टी एकीकरणको अंकगणितविपरीत दाहाल बढी महत्वाकांक्षी भएकोलगायतका आरोप लगााउनुभएको छ ।

दुवै अध्यक्षले एकार्कालाई आरोप–प्रत्यारोप लगाएसँगै नेकपाको आगामी रणनीतिबारे अन्योलता बढेको छ ।

आजको बैठकमा दुवै प्रतिवेदनमाथिको छलफलसँगै नेकपा निर्णायक मोडमा पुग्ने बताइएको छ ।