
धनकुटा, मंसिर १६ । धनकुटाको सहिदभूमि गाउँपालिका गैरीगाउँका स्थानीयले आफूहरुलाई सुरक्षित स्थानमा सार्न माग गरेका छन् ।
पहिरोको उच्च जोखिम रहेको भन्दै यहाँका ४० घर–परिवारले सुरक्षित स्थानमा स्थानान्तरणको माग गरेका हुन् ।
पहिरोका कारण बस्ती बसेको जमिन चिरा–चिरा भएको र कतिखेर पहिरो जान्छ र गाउँ नै बगाएर लाने हो भन्ने चिन्ताले रातभरि जाग्राम बस्नुपरेको स्थानीय हेमबहादुर परियारको गुनासो छ ।
स्थानीयले हिउँदको समयमा सुक्खा पहिरोको जोखिम रहेकाले स्थानान्तरणका लागि स्थानीय सरकारसँग माग गरेका छन् ।
यस गाउँमा ४० परिवारका १८७ जना बसोबास गर्दै आएका छन् ।
गाउँपालिकाका अध्यक्ष मनोज राईले उपयुक्त जग्गाको खोजी भइरहेको जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्