१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


क्रोएसियाका प्रधानमन्त्री कोरोना संक्रमित


0
Shares

बेल्ग्रेड, मंसिर १६ । क्रोएसियाका प्रधानमन्त्री आन्द्रेज प्लेन्कोभिक कोरोनाभाइरसबाट संक्रमित हुनुभएको छ ।

गत शनिबार उहाँकी श्रीमतीलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएपछि प्रधानमन्त्रीको पनि परीक्षण गरिएको थियो ।

उहाँलाई पनि संक्रमण पुष्टि भएपछि अहिले उहाँ १० दिनका लागि ‘सेल्फ आइसोलेसन’मा बस्नुभएको अधिकारीहरुले जानकारी दिएका छन् ।

उहाँलाई पहिलोपटक परीक्षण गर्दा ‘नेगेटिभ’ नै देखिएको थियो । तर, स्वास्थ्यकर्मीहरूले फेरि परीक्षण गर्न सुझाव दिएपछि परीक्षण गर्दा ‘पोजिटिभ’ देखिएको अधिकारीहरूले जनाएका छन् ।

अहिले उहाँको स्वास्थ्य अवस्था सामान्य नै रहेको जनाइएको छ ।

उहाँले घरबाटै आफ्ना कामहरु गरिरहनुभएको पनि अधिकारीहरुले बताएका छन् ।

उहाँले आइसोलेसनमा बसेर कोरोनासम्बन्धी आधारभूत स्वास्थ्य सतर्कताहरु पालना गर्नुभएको उहाँका सहयोगीहरूले जानकारी दिएका छन् ।