१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


काठमाडौं महानगरद्वारा घर–घरमा गएर स्वाब संकलन


0
Shares

काठमाडौं, मंसिर १६ । काठमाडौं महानगरपालिकाले कोरोनाको ‘पीसीआर’ परीक्षणका लागि नागरिकको घर–घरमा गएर स्वाब संकलनको कामलाई तीव्रता दिएको छ ।

उपत्यकामा संक्रमणको दर बढ्दै गएपछि महानगरले मोबाइल भ्यानमार्फत् घर–घरमा गएर स्वाब संकलन गरिरहेको छ ।

‘कन्ट्याक्ट ट्रेसिङ’मा परेका र परीक्षणका लागि अस्पतालसम्म जान नसक्ने अवस्थाका ज्येष्ठ नागरिक र असहायहरुको स्वाब संकलन गरिरहेको महानगरको स्वाब संकलन कार्यक्रमका संयोजक ऋषि भुसालले बताउनुभयो ।

संकलित स्वाब परीक्षणका लागि जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाउने गरिएको छ ।

पछिल्लो समय काठमाडौं कोरोनाको ‘हटस्पट’ बनेपछि महानगरले निःशुल्क पीसीआर परीक्षणका लागि स्वाब संकलनलाई तीव्रता दिएको हो ।