१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


छथरजोरपाटी गाउँपालिकाले दियो सोधभर्ना सापटी रकम


0
Shares

धनकुटा, मंसिर १६ । धनकुटाको छथरजोरपाटी गाउँपालिकाले आर्थिक अभावका कारण व्यवसाय गर्न नसकेकाहरुलाई लक्षित गरी सोधभर्ना सापटी रकम उपलब्ध गराएको छ ।

गाउँपालिकाभित्रका १७ ओटा कृषिजन्य फर्महरुलाई निःशुल्क ब्याजमा २८ लाख २७ हजार ५०० रुपैयाँ बराबरको सापटी रकम उपलब्ध गराइएको हो ।

खाद्य, मसलाजन्य खेतीका लागि एक वर्ष र पशुपालन, फलफूल खेतीका लागि तेस्रो वर्षपछि तीन किस्तामा पाँच वर्षभित्र रकम फिर्ता गर्नेगरी सापटी रकम दिएको गाउँपालिकाले जनाएको छ ।

सोधभर्ना सापटी कार्यक्रमअन्तर्गत् न्यूनतम ९२ हजारदेखि दुई लाख ७५ हजारसम्म सापटी रकम वितरण गरेको गाउँपालिकाले जनाएको छ ।