१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बालयौन दुराचारको आरोपमा फ्रान्सेली पक्राउ


0
Shares

काठमाडौं, मंसिर १६ । बालयौन दुराचारको आरोपमा एक फ्रान्सेली पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पोखराका १२, आठ र सात वर्षीय तीन नाबालकलाई यौन दुराचार गरेको आरोपमा फ्रान्सका ६० वर्षीय क्रिष्टियन सर्ज हेनरी नौगारेटलाई सोमबार पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो ।

ब्यूरोका प्रवक्ता बेलबहादुर पाण्डेले पोखरा महानगरपालिका–१७, बिरौटा पावरहाउसस्थित फुर्सेखोला बगर किनारामा यौन दुराचार गरिरहेको अवस्थामा नौगारेटलाई प्रहरीले पक्राउ गरेको जानकारी दिनुभयो ।

प्रहरीले यौन दुराचारमा परेका तीन नाबालकलाईसमेत उद्धार गरेको छ । उद्धार गरिएका नाबालकलाई अभिभावकको जिम्मा लगाइसकिएको छ ।

नौगारेटविरुद्ध बालयौन दुराचार तथा आप्राकृतिक मैथुन गरेको कसुरमा आवश्यक अनुसन्धान गरी कारबाही प्रक्रिया अगाडि बढाउन जिल्ला प्रहरी कार्यालय कास्कीलाई बुझाइएको ब्यूरोले जनाएको छ ।

नौगारेट गैरपर्यटकीय भिसामा नेपाल आइ पोखरामा बस्दै आएको प्रहरी उपरीक्षक पाण्डेले बताउनुभयो ।