
काठमाडौं, मंसिर १६ । पछिल्ला दिन लगातार उकालो लाग्दै आएको सेयरबजारमा मंगलबार भने उतार–चढावकाबीच सामान्य अंकको सुधार भएको छ ।
यसदिन नेप्से तीन अंकले बढ्दा परिसूचक दुई हजार पुगेको छ ।
मंगलबार निर्जीवन बिमा, लघुवित्त, उत्पादन जलविद्युत् र अन्य समूह उकालो लाग्दा अन्य सबै उपसूचक रातो रहे ।
यसदिन ३७ कम्पनीको सेयर मूल्य बढ्दा सातओटा कम्पनीको मूल्य स्थिर रह्यो भने बाँकी धेरैजसो कम्पनीको सेयर मूल्य ओरालो लागेको छ ।
मंगलबार नेपाल पुनर्बिमा कम्पनी, नेपाल टेलिकम, माथिल्लो तामाकोसी, रसुवागढी हाइड्रोपवार, साञ्जेन जलविद्युत् कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ ।
सर्वाधिक कारोबार हुनेमा पुनर्बिमा कम्पनीपछि नेपाल टेलिकम, नेपाल लाइफ, नेपाल बंगलादेश बैंक र प्रभु बैंक रहेका छन् ।
यसदिन १९७ कम्पनीका एक करोड ८५ लाख कित्ता सेयर सात अर्ब ४० करोड रुपैयाँमा कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्