२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


सत्ता साझेदार दलकै विरोधका कारण इजरायलमा नेतान्याहू नेतृत्वको सरकार ढल्ने अवस्थामा


0
Shares

काठमाडौं । इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको सरकार पुन ढल्ने सम्भावना बढेको छ ।

नेतान्याहूको मुख्य सत्ता साझेदार दलले संसद विघटनका पक्षमा मतदान गर्ने बताएसँगै नेतान्याहूको सरकार ढल्ने सम्भावना बढेको हो ।

सत्ता साझेदार दलका नेता बेन्नी गान्तजले संसद विघटनका लागि मतदान गर्ने बताउनुभएको छ ।

प्रधानमन्त्री नेतान्याहूसँग सरकार सञ्चालनाका विषयमा मतभेद भएपछि संसद भंग भए इजरायलमा दुई वर्षभित्र चौथो पटक मध्यावधी निर्वाचन हुने छ ।

गान्तेजको सेन्ट्रिस्टब्लू र ह्वाइट पार्टी नेतान्याहूको दक्षिणपन्थी लिकुडको नेतृत्वको सरकारको मुख्य सत्ता साझेदार दल हुन् ।

नेतान्याहू र गान्ताजबीच पटक पटक भएको सत्ता संघर्षकै कारण विगतका निर्वाचनमा स्पष्ट बहुमत नआएपछि त्रिशंकु सरकार बनेका हो ।

सत्ता साझेदार दलले नै सरकारले ल्याएको बजेटको विरोध गरेपछि नेतान्याहूको सरकार ढल्ने स्पष्ट भएको हो ।

रक्षामन्त्रीसमेत रहनुभएका गान्तेजले नै सरकारले ल्याएको बजेटको समर्थन नगरेपछि नेतान्याहूलाई पुन निर्वाचनमा जानुको विकल्प नभएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले उल्लेख गरेका छन् ।

गत अप्रिलमा नेतान्याहूसँग सत्ता साझेदारीका लागि गान्तेजले समर्थन गरेसँगै इजरायलमा लामो समयदेखिको राजनीतिक अस्थिरतको अन्त्य हुने अपेक्षा गरीएको थियो । एजेन्सी