
काठमाडौं । सरकारले लामो समयदेखि बन्द रहेका शैक्षिक संस्थाहरु सञ्चालन गर्ने गृहकार्य थालेको छ ।
लामो समयदेखि शिक्षण संस्था बन्द हुँदा शैक्षिक कार्यतालिका नै प्रभावित भएपछि संघीय सरकारले स्थानीय तहलाई विद्यालय चलाउन अनुमति दिएसँगै काठमाडौंका अधिकांश स्थानीय तह विद्यालयमा पठनपाठन सुरु गर्ने तयारीमा जुटेका छन् ।
स्वास्थ्य मापदण्ड अपनाएर शिक्षण सिकाइ क्रियाकलाप अघि बढाउन अधिकार प्रत्यायोजन भएपछि कतिपय स्थानीय तहले पठनपाठन सञ्चालन गराइसकेका छन् भने कतिपय सुरु गर्ने तयारी थालेका छन् ।
ती विद्यालयहरुले सरकारले स्वास्थ्य मापदण्ड पालना गरेर विद्यालय सञ्चालनको तयारी गरेका बताएका छन् ।
केही शिक्षण संस्थाले सीमित संख्यामा विद्यार्थीलाई विद्यालयमा उपस्थित गराएर पठनपाठन अघि बढाउने तयारी गरेका छन् ।
यस्तै सकेसम्म कम विद्यार्थी विद्यालयमा उपस्थित गराएर सुरक्षित रुपमा कक्षा सञ्चालन गर्नेबारे ेछलफल जारी रहेको नगरपालिकाहरुले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्