१ चैत्र २०८१, शुक्रबार | Fri Mar 14 2025


हुन्डाई गाडी किन्न सोरुम जानु नपर्ने, नेपालमै आयो ‘क्लिक टु बाई’ सेवा


0
Shares

काठमाडौं । नेपाली बजारमा हुन्डाईका गाडी अब सहज तरिकाले अनलाइनबाटै खरिद गर्न सकिने भएको छ ।

नेपालको लागि हुन्डाई मोटर्सको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि (लक्ष्मी हुन्डाई) ले हाल कोभिड–१९ को बदलिदो परिस्थितिलाई सहज बनाउनको लागि सानो प्रयास स्वरुप आफ्नो ग्राहकहरुका लागि यो नौलो बिक्री माध्यमको विकास गरेको बताएको छ ।

लक्ष्मी हुन्डाईले आफ्नो आधिकारिक वेबसाइटबाट ‘क्लिक टु बाई’ सेवाको सुरुवात गरेको छ । यस प्रणाली मार्फत ग्राहकहरुले आफूलाई चाहिएको गाडी सजिलै खोजेर छनौट गरी त्यस गाडीको विभिन्न विशेषताहरु, मूल्य, छुट तथा अन्य विभिन्न फाइदाहरुको साथै आफूलाई चाहिएको गाडीको उपलब्ध रहेका विभिन्न रंगहरुको छनौट गरी खरिद गर्न सक्नेछन् ।

ग्राहकहरुले उपलब्ध रहेको गाडीको जानकारी र अफरहरुबाट सन्तुष्ट भएपछि गाडी खरिदका लागि अनलाइनबाट कोटेशन जारी गर्नुका साथै ‘क्लिक टु बाई’ पोर्टलमा प्रदान गरिएको भुक्तानी गेटवे मार्फत सजिलै आफूलाई चाहिएको गाडी बुक गर्न सक्नेछन् ।

यसका साथै आवश्यक परेमा बैंक फाइनान्सको पनि प्रक्रिया अनलाइनमार्फत गर्न सक्नेछन् अथवा अनलाइन ट्रान्सफर वा चेक मार्फत डिलरशिपलाई बाँकी रकम तिरेर उनीहरूको उपयुक्त स्थानमा गाडीको डेलिभरी लिन सक्नेछन् ।

यदि ग्राहकहरुले हुन्डाई ‘क्लिक टु बाई’ प्रयोग गरी हुन्डाई गाडी खरिद गरेमा लक्ष्मी इन्टरकन्टिनेन्टलले १० हजार रुपैयाँको सर्भिस भौचर प्रदान गर्नेछ ।

ग्राहकहरुले सो सर्भिस भौचर हुन्डाईका नेपाल भरी रहेका कुनै पनि क्षेत्रीय बिक्री सेवा नेटवर्कबाट स्पेयर पार्ट्स/लुब्रिकेन्ट खरिदमा प्रयोग गर्न सक्नेछन् ।

सो सर्भिस भौचरको मान्यता गाडी डेलिभरी गरेको मितिबाट १ वर्षसम्म कायम रहनेछ । स्रोत : नेपाल अटो