७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


फिदिममा भएको सवारी दुर्घटनामा एकको मृत्यु, दुई गम्भिर घाइते


0
Shares

पाँचथर । मेचीराजमार्ग अन्र्तगत पाँचथरको फिदिममा भएको सवारी साधन दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा २ जना गम्भिर घाइते भएका छन् । मृत्यु हुनेमा फिदिमका अर्जुन शंकर रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

गम्भिर घाइते भएका धरान उपमहानगरपालिकाका पर्वत गुरुङ, र झापाका अर्जुन मगरको झापाको विर्तासिटी अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक डम्बर विश्वकर्माले बताउनुभयो ।