१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


निजी क्षेत्रप्रति सरकारको दृष्टिकोण सकारात्मक : अर्थमन्त्री


0
Shares

काठमाडौं, मंसिर १७ । अर्थमन्त्री विष्णु पौडेलले निजी क्षेत्रप्रति सरकारको दृष्टिकोण सकारात्मक रहेको बताउनुभएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचिन पदाधिकारीहरुसँग बुधबार अर्थ मन्त्रालयमा भेट गर्दै उहाँले निजी क्षेत्रलाई हतोत्साही तुल्याउने र मनोबल गिराएर उत्पादन, रोजगारी र आर्थिक वृद्धिजस्ता सपना सार्थक तुल्याउन सक्दैनौं भन्ने कुरा सरकारले राम्रोसँग बुझेको बताउनुभएको हो ।

अर्थभन्त्री पौडेलले कोभिड–१९ को प्रभावलाई केन्द्रमा राखेर बजेटमार्फत् वा मौद्रिक नीतिमार्फत् सम्बोधन गरिएका कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयन भएन भन्ने विषयमा आफ्नो ध्यानकेन्द्रित भएको पनि बताउनुभयो ।

उद्योगी–व्यवसायीहरुले प्रदेशमा लाग्ने करले निजी क्षेत्रको मनोबल कमजोर बनाएको भन्दै दोहोरो प्रकृतिका करलाई खारेज गर्न आग्रह गरेका थिए ।

संघ र प्रदेशमा उस्तै किसिमका कर लगाउँदा दोहोरो करको मारमा परेकोले निजी क्षेत्रको मनोबल कमजोर भएको उनीहरुको भनाइ थियो ।

महासंघका अध्यक्ष शेखर गोल्छाले प्रदेशहरुमा लाग्ने कतिपय करले गर्दा निजी क्षेत्रको मनोबल खस्केको बताउनुभयो ।

महासंघका नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कोभिडको असरका कारण साना र मझौला उद्योग–व्यवसायहरु बन्द हुने अवस्थामा पुगेको भन्दै त्यसतर्फ ध्यान दिन आग्रह गर्नुभयो ।