२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


‘भ्रष्टाचार अन्त्यका लागि सबै दल एकजुट हुनुपर्छ’


0
Shares

संखुवासभा, मंसिर १७ । नेपाली कांग्रेसका नेता एवं पूर्वखानेपानी राज्यमन्त्री दीपक खड्काले स्थानीय तहमा व्याप्त भ्रष्टाचार अन्त्यका लागि सबै दल एकजुट हुनुपर्नेमा जोड दिनुभएको छ ।

बुधबार संखुवासभाको सदरमुकाम खाँदबारीमा आयोजित पत्रकार सम्मेलनमा उहाँले नेपाल एसियामै भ्रष्टाचार हुने पहिलो मुुलुक बन्नु दुःखद् भएको भन्दै यसको अन्त्यका लागि स्थानीय तहबाट अभियान थाल्नुपर्ने बताउनुभयो ।

नेता खड्काले नेपाली कांग्रेसले भ्रष्टाचारविरुद्ध जिल्लाका १० ओटै स्थानीय तहमा अभियान सञ्चालन गर्ने जानकारी दिनुभयो ।