१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


डडेल्धुरामा राजावादीको प्रदर्शन


0
Shares

डडेल्धुरा, मंसिर १७ । राजतन्त्र पुनर्वहालीको माग गर्दै बुधबार डडेल्धुरामा मोटरसाइकल र्‍याली गरिएको छ ।

राप्रपाको युवा संगठन र राष्ट्रवादी नागरिक समाज डडेल्धुराले आयोजना गरेको मोटरसाइकल र्‍याली सदरमुकामको मुख्य बजार क्षेत्र परिक्रमा गरी बसपार्कमा पुगेर कोणसभामा परिणत भएको थियो ।

प्रदर्शनमा हजारभन्दा धेरैको सहभागिता थियो ।

प्रदर्शनकारीहरुले हिन्दुराष्ट्रको पुनःस्थापना, संघीयताको खारेजीलगायत बढ्दो राजनीतिक विकृति र भ्रष्टाचारका बारेमा चर्को नाराबाजी गरेका थिए ।