२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


देशव्यापी प्रतिरोध गरिनेछ : देउवा


0
Shares

nepali congress

काठमाडौं, मंसिर १७ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडलप्रतिको दुर्व्यवहार र गिरफ्तारी सर्वसत्तावादको संकेत भन्दै आपत्ति जनाएको छ ।

कांग्रेसले घटना निन्दनीय भएको र सरकारको प्रवृत्तिविरुद्ध देशव्यापी प्रतिरोध गरिने जनाएको छ ।

बुधबार साँझ विज्ञप्ति जारी गर्दै सभापति शेरबहादुर देउवाले पौडेलमाथि गरिएको दुर्व्यवहार र गिरफ्तारी अत्यन्तै आपत्तिजनक रहेको बताउनुभएको छ ।

‘उत्पन्न हुने परिस्थिति सामनाका लागि तयार बस्न म सरकारलाई चेतावनी दिन चाहन्छु’–विज्ञप्तिमा भनिएको छ ।

उहाँले वर्तमान सरकारको अधिनायकवादी आकांक्षाको जगमा घटना भएको भन्दै अधिनायकवादी अभिष्टलाई पूरा हुन नदिन कांग्रेस एक ढिक्का भएर सशक्त प्रतिरोध गर्ने चेतावनी पनि दिनुभएको छ ।