
जनकपुरधाम, मंसिर १७ । प्रदेश नम्बर–२ को सत्तासाझेदार दल तत्कालीन राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीबीच भागबन्डा मिल्न नसक्दा नीति तथा योजना आयोग एक वर्षदेखि सदस्यविहीन रहेको छ ।
बढीमा आठ सदस्य हुने व्यवस्था रहेको नीति तथा योजना आयोग हाल उपाध्यक्षको भरमा मात्र सञ्चालन हुँदै आएको छ ।
सदस्य अभावका कारण आयोगमा चाहेजतिको काम गर्न नसकेको आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झाले बताउनुभयो ।
प्रदेश–२ सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले पार्टी एकीकरणको काममा अल्झिँदा सदस्यहरुको नियुक्तिमा विलम्ब भएको बताउनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्