
काठमाडौं । चीनले नेपालसँगको सम्बन्धले कुनै तेस्रो मुलुकलाई असर नगर्ने स्पष्ट पारेको छ ।
चिनियाँ विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता होउ चिनयुङले चीनले नेपालसँगको आफ्नो सम्बन्धले नेपाली जनताका लागि फाइदाजनक भएको बताउनुभएको हो ।
उहाँले यो सम्बन्धले अरुलाई हानी नगर्ने भएकाले तेस्रो पक्ष सशंकित हुनु नपर्ने स्पष्ट पार्नुभयो ।
उहाँले नेपाल र चीन हिमाल र नदिले जोडिएका दुई मित्रवत छिमेकी मुलुक भएकोसमेत बताउनुभयो ।
चीन नेपालसँग सबै क्षेत्रमा सहकार्य सुदृढ बनाउन प्रतिवद्ध रहेको भन्दै प्रवक्ता होउले बीआरआईमा गुणात्मक सहकार्य गर्न र सम्बन्धलाई नयाँ तहमा पुर्याउन काम गर्न चीन तयार रहेको स्पष्ट पार्नुभयो ।
उहाँले हालै उच्च चिनियाँ अधिकारीको नेपाल भ्रमण र विगतमा भएका सहयोग तथा सहकार्यले पनि दुवै देशको सम्बन्ध स्पष्ट भएको बताउनुभयो ।
पछिल्लो समय भारतले नेपाल र चीनबीचको सम्बन्धप्रति चासो देखाउँदै आएका बेला त्यसतर्फ संकेत गर्दै प्रवक्ता होउले नेपाल चीन सम्बन्धको बारेमा धारणा सार्वजनिक गर्नुभएको हो ।
प्रतिक्रिया दिनुहोस्