१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सुन १६ सयले बढ्यो


0
Shares

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला एक हजार ६०० ले उकालो लागेको छ ।

बुधबारका तुलनामा आज छापावाला सुन प्रतितोला एक हजार ६०० ले वृद्धि भई ९२ हजार ६०० मा कारोवार भएको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९१ हजारमा कारोवार भएको थियो ।
यस्तै तेजाबी सुन पनि तोलामा एक हजार ६०० ले नै वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रतितोला ९० हजार ५५० मा बुधबार कारोवार भएको तेजाबी सुन आज प्रतितोला ९२ हजार १५० मा खरीदबिक्री हुने गरी मूल्य निर्धारण गरिएको छ ।

यस्तै चाँदीको मूल्य प्रतितोला २० ले वृद्धि भएको छ । प्रतितोला एक हजार १८५ मा बुधबार कारोवार भएको चाँदी आज भने प्रतितोला एक हजार २०५ मा खरीदबिक्री भएको छ ।