
काठमाडौं, मंसिर १८ । पोखरामा आयोजना हुने भनिएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता फागुनमा नहुने भएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नवौं राष्ट्रिय खेलकुद आउँदो फागुन २० गतेदेखि पोखरामा गर्ने निर्णय गरेको थियो ।
गण्डकी प्रदेशको राजधानी पोखरामा हुन लागेको नवौं राष्ट्रिय खेलकुदका लागि आवश्यक भौतिक पूर्वाधारअन्तर्गत् स्वीमिङ, सुटिङ र हक्कीबाहेक अरु खेलका पूर्वाधारहरु निर्माण भइसकेका छन् ।
स्वीमिङ र सुटिङका लागि टेन्डर पारित भएको छ भने हक्कीका लागि जग्गा खोज्ने कार्य भइरहेको छ ।
खेलका भौतिक पूर्वाधारहरु तयार भएपनि कोरोना संक्रमणको जोखिमका कारण फागुनमा खेल आयोजना गर्न नसकिने राखेप सदस्य सम्पन्न श्रेष्ठले बताउनुभयो ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरामा नै हुने र पूर्वाधारका कारण खेल नरोकिने उहाँले स्पष्ट पार्नुभयो ।
यद्यपि, खेल कहिले हुने भन्ने सम्बन्धमा राखेपले छिट्टै निर्णय गर्ने श्रेष्ठको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्