१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ओलीले एक पद छोड्नुपर्छ : पौडेल


0
Shares

काठमाडौं, मंसिर १८ । सत्तारुढ दल नेकपाका नेता देवेन्द्र पौडेलले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुईमध्ये एक पद छाड्नुपर्ने बताउनुभएको छ ।

पार्टीभित्रको विवादलाई निकास दिन ओलीले अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद छाड्नैपर्नेमा उहाँले जोड दिनुभयो ।

बिहीबार काठमाडौंमा आयोजित साक्षात्कारमा नेकपा स्थायी कमिटी सदस्य पौडेलले एक पद छाड्नेबाहेकमा कुनै सम्झौता नहुने बताउनुभयो ।

‘ओली प्रधानमन्त्री रहने भए अध्यक्ष छोड्नुपर्छ । एक पदमात्रै लिनुपर्छ । अब ओलीसँग सम्झौता हुँदैन’–उहाँले भन्नुभयो ।

पार्टीलाई फुटको दिशातर्फ लैजाने काम कसैले पनि गर्न नहुने उहाँले बताउनुभयो ।

पार्टीको विधान र पद्धतिअनुसार ओली अघि बढेको खन्डमा विवाद समाधान हुने उहाँको भनाइ छ ।

नेकपा विवादले संकटपूर्ण अवस्था सिर्जना गरेको भन्दै उहाँले अब समस्या समाधान गर्ने जिम्मा अध्यक्ष ओलीले लिनुपर्ने बताउनुभयो ।

सचिवालय बैठकमा पेस भएको दुवै अध्यक्षको प्रतिवेदनमाथि गहन छलफल गरेरमात्रै निकास निस्कने उहाँले उल्लेख गनुभयो ।

दुवै अध्यक्षको प्रतिवेदनलाई छलफलको विषय बनाउँदा नै विवाद समाधानको उपाय भेटिने उहाँको भनाइ छ । प्रतिवेदन खारेज वा फिर्ताको माग उचित नभएको उहाँले बताउनुभयो ।

छलफलपछि बरु संयुक्त प्रतिवेदन बनाउन सकिने उहाँको तर्क छ ।