२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


वनको प्रतिबन्ध हटाउन माग


0
Shares

काठमाडौं, मंसिर १८ । पारिवारिक निजी वन संघ नेपालले वनपैदावारमा लगाएको प्रतिबन्ध हटाउन माग गरेको छ ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघले संघीय सरकारले जिल्लामा अनावश्यक संरचना खडा गरी वन स्रोतमाथि नियन्त्रण गरेको बताएको हो ।

पारिवारिक निजी वन संघ नेपालका अध्यक्ष जोगराज गिरीले संविधान र वन ऐन २०७६ अनुसार पारिवारिक तथा निजी वनको अनुगमन तथा नियमन गर्ने जिम्मा स्थानीय सरकारलाई दिएको भन्दै जिल्लामा स्थापना गरिएको वन डिभिजन कार्यालय हटाउन माग गर्नुभयो ।

सरकारले पारिवारिक निजी वनको आडमा सालका काठमा अवैध ओसारपसार भएको र हरिया रुखहरु पनि काटिन थालेपछि प्रतिबन्ध लगाएको छ ।