
बारा, मंसिर १८ । महेन्द्र राजमार्गको परिचित नगर बाराको व्यावसायिक नगर पथलैयाको पूरै सरकारी नक्सा गायब गरिएको छ ।
केही नेता, नापी र मालपोत कार्यालयका कर्मचारीबीच आर्थिक प्रलोभन र लेनदेनमा विवाद हुँदा पूरै पथलैयाको नक्सा गायब पारिएको बताइएको छ ।
सुकुम्बासी समस्या समाधान आयोगबाट २०६७ सालमा पथलैयाबासीलाई लालपुर्जा वितरण गर्दा नापी, मालपोत र केही अगुवा नेताले प्रत्येक घरधनीले प्रतिधुर २० हजार राजस्वबाहेक छुट्टै दिनुपर्ने प्रस्ताव गरेकोमा स्थानीयले नसक्ने अडान राखेपछि नक्सा गायब पारिएको स्थानीयहरुको आरोप छ ।
लालपुर्जासँगै स्थानीयले राज्यकोषमा करिब २२ लाख जम्मा गरेका थिए ।
पूरै नगरको नक्सा गायब पारिएपनि हालसम्म कुनैपनि सरकारी निकायले चासो राखेका छैनन् भने स्थानीय सरकार बेखबर बनेको छ ।
प्रतिक्रिया दिनुहोस्